Hikmat Acharya
  • ११ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

आज दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना


अस्ति मङ्गलवार रातिदेखि हिजो दिउँसोसम्म देशका धेरै ठाउँमा ठूलो पानी परेकोमा गएरातिदेखि भने मौसममा केही सुधार भएको छ । राति कोशी, मधेश र बाग्मती प्रदेशका विभिन्न ठाउँमा हल्का पानी परेको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै ओखलढुङग मानेभञ्ज्याङमा ६५ दशमलव ८ मिलिमिटर पानी परेको छ । काठमाण्डौ उपत्यकासहित अरु ठाउँमा भने फाट्टफुट्ट मात्रै पानी परेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले प्रायजसो रातको समयमा पानी बढी परेको मौसमविद रोजन लामिछानेले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुूरप्ि प केही ठाउँमा तथा मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

महाशाखाकाअनुसार रातिमा भने देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा मधेस र लुम्बनी प्रदेशका कद उँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode