Hikmat Acharya
  • १२ पुस २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रवार  विश्वासको मत लिने भएका छन्।

असार २० गते अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने भएका हुन् । यसका लागि बुधबार उनले सभामुख भीमबहादुर भण्डारील पठाउदै शुक्रवार विश्वासको मत लिने जानकारी गराएका छन् ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले आज शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेश सभा सदस्यहरुलाई सूचना पठाइसकेको छ ।

शुक्रवार ४ बजे विश्वासको मतका लागि संसद बैठक बस्ने सूचना भइसकेको सभामुख भण्डारीले बताए। असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए ।

उनले विश्वासो म लन अन्तिम दिन आज शुक्रवार विश्वासको मत लिन लागेका हुन् ।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode