अब नर्सिङ पढ्न १२ कक्षा पास गरेको हुनुपर्ने
अबदेखि नर्सिङ पढ्न १२ कक्षा पास हुनुपर्ने भएको छ ।
चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको जनाएको छ । कार्यदलले दिएको प्रतिवेदन पारित गरेर नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्याइ सदस्यसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो ।
नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्राध्यापक सरला केसीको संयोजकत्वमा गठन भएको कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो ।
विदेशका धेरै देशमासमेत कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङको पढाइ हुने गरेको अध्ययनबाट देखिएकाले नेपालमा पनि यही व्यवस्था ाू बारे गृहकार्य भइरहेको सदस्यसचिव काप्रीले बताउनुभयो । उहाँका अनुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएमा १२ कक्षापछि तीन वर्षको नर्सिङ विषयको पढाइ हुन्छ ।
नयाँ व्यवस्था अनुसार जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले पनि नर्सिङ पढ्न पाउनेछन् । अहिले माध्यमिक शिक्षा परीक्षा ९एसइई० पास गर्नेले नर्सिङ पढ्न पाउने व्यवस्था छ ।
यसैबीच प्रतिनिधि सभाको शि्षा ्ा्् ता सूचना ्वध समितिले मापदण्ड पूरा भएका नर्सिङ कलेजलाई सम्बन्धन दिन निर्देशन दिएको छ । समितिको हिजोको बैठकले यस्तो निर्देशन दिएको हो । अहिले सम्बन्धन दिन लागिएको नर्सिङ कलेजले यसै शैक्षिक सत्रदेखि नर्सिङ विषयको पढाइ सञ्चालन गर्न पाउने छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया