Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

एमाले अछामको ईन्चार्जको जिम्मेवारी बोहरालाई


नेकपा एमाले अछामको ईन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य झपट बोहराले पाएका छन् । बिहिबार सम्पन्न एमालेको सचिवालय बैठकले उनलाई अछाम जिल्ला ईन्चार्जको जिम्मेवारी दिएको हो ।

यस अघि अछाम जिल्लाको ईन्चार्जको जिम्मेवारीमा रहेका लाल बहादुर थापालाइ उनको गृह जिल्ला बाजुराको ईन्चार्जको जिम्मेवारी दिईएको छ । अछाम ईन्चार्जको जिम्मेवारी पाएका बोहराले यस अघि पनि जिल्ला ईन्चार्जको जिम्मेवारी सम्हालेका थिए ।

यस्तै बिहिवार केन्द्रिय सदस्यमा मनोनित भएका कमल तिमिल्सैनालाई अछाम क्षेत्र नम्बर १ को जिम्मेवारी दिईएको छ भने क्षेत्र नम्बर २ को ईन्चार्जमा यज्ञ बोगटी यथावत छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode