Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय अछामको ७४ अंक


देशभरका जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकनमा अछाम ८० दशमलव १८७५ अक सहित ७४ औं स्थानमा रहेको छ ।

गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०÷८१मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय अछाम ७४ औँ स्थानमा रहेको छ ।

देशभर ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् ।

कार्यसम्पादन मूल्यांकन सम्झौता बमोजिम मूल्यांकन गर्दा जिल्ला प्रशासन कार्यालयहरुले ७६.२५ देखि ९८ अंकसम्म पाएको मन्त्रालयले जनाएको छ । कार्यालयहरु मध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६.२५ अंकसहित अन्तिम स्थानमा छ ।

रुपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १० को सूचीभित्र परेका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode