Hikmat Acharya
  • १३ पुस २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सर्पको टोकाइबाट बर्दियामा दुई बालबालिकाको ज्यान गयो


बर्दियामा सर्पको टोकाइबाट हिजो एकै दिन दुई बालबालिकाको ज्यान गएको छ ।

गुलरिया नगरपालिका–१ का नौ महिनाको बालक मायरा चौधरी र त्यही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ ।

घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पुर्‍याएकोमा डाक्टरले सर्पको टोकाइबाट ज्यान गएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बालकलाई सर्पले टोकेको तीन घण्टापछि र बालिकला पाँच घण्टापछि परिवारले अस्पताल पुर्‍याएका थिए ।

हिजै सर्पको टोकाइबाट बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजार घर भई गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ मन्दिर टोल स्थित मामाघरमा बस्ने छ वर्षीया रिया चौधरी एक्कासी बिरामी भई स्थानीय खैरापुरको मेडिकलमा सामान्य उपचार गरिएको थियो ।

थप उपचारका लागि बर्दिया अस्पताल पुर्‍याउँदा डाक्टरले जाँचका क्रममा सर्पले डसेको आशंका गरेका थिए । अिे उनको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode