Hikmat Acharya
  • १३ पुस २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परी एक वर्षमा १७२ जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्क


सुदूरपश्चिम प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परेर १ सय ७२ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०८०र८१ मा सवारी दुर्घटनामा परेर ५ सय ३६ जना घाइते भएका छन् । सो अवधिमा २६७ जना गम्भीर घाइते भएका छन् भने २६९ जना सामान्य घाइते भएका न सो अवधिमा ३ सय ९ वटा सडक दुर्घटना हुँदा ४ सय ६ वटा सवारीसाधनमा क्षति पुगेको छ ।

कुल सवारीसाधन दुर्घटनामध्ये ५० प्रतिशत मोटरसाइकल दुर्घटनामा परेको पाइएको छ। ट्राफिक प्रहरीले भने सडक दुर्घटना न्यूनीकरण गर्न साढे ६ हजार पटक जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

सवारी दुर्घटनामा १३७ पुरुष, २३ महिला, ७ बालक र ५ बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफि प्रर व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता ट्राफिक प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले बताए ।

सो अवधिमा सबैभन्दा बढी २०७ मोटरसाइकल दुर्घटनामा परेका छन् ।  सडक दुर्घटनामा ५० वटा जिपरकार, ४० ट्याक्टर, २४ बस, १९ ट्रक, टेम्पो १७, टिपर ९, माइक्रो ७, डोजर ३ र ३० अन्य सवारीसाधन दुर्घटनामा परेका छन्। सडक दुर्घटना रोक्न ट्राफिक प्रहरीले एक वर्षमा ६ हजार ६२६ पटक ट्राफिक सचेतना कार्यक्रम चलएक छ।

३ लाख ८९ हजार २६६ व्यक्तिलाई ट्राफिक प्रहरीले सचेत गराउने काम समेत गरेको ट्राफिक प्रहरी प्रवक्ता डिएसपी उप्रेतीले बताए । कुन महिनामा कति दुर्घटनारु

सडक दुर्घटना रोक्न ट्राफिक प्रहरीले लामो रुटमा चल्ने सवारीसाधनमा चालकसँग एक मिनेट, यात्रुसँग दुई मिनेट र नयाँ सवारी चालक अनुमति लिने व्यक्तिलाई सम्बन्धित ठाउँमा सडक सुरक्षा सम्बन्धी जनचेतना जगाउने काम गरिएको ट्राफिक प्हरी प्रवक्ता ए  ।

गत आर्थिक वर्षमा भएका सडक दुर्घटनामा सबभन्दा बढी भदौ र कात्तिकमा ७४ वटा सवारी दुर्घटना भएका छन्। यस्तै, बैशाखमा ३६, पुसमा ३०, जेठमा २५, असार र फागुनमा समान २४, माघमा २२, असोजमा १९ वटा सडक दुर्घटना भएका छन् ।  चैतमा १७ तथा मंसिर र साउनमा समान १४ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode