बान्नीगढीको एक ठेक्कामा घनचक्कर : अख्तियारलाई बोधार्थ सहित पालिकामा उजुरी
बान्नीगढी जयगढ गाउँपालिकाको एक ठेक्कामा बदमासी भएको भन्दै उजुरी परेको छ ।
छातासैन जयगढ खानेपानी आयोजना निर्माणको ठेक्काको क्रममा बदमासी भएको भन्दै निर्माण व्यवसायी टेक बहादुर ठकुल्लाले पालिकामा उजुरी दिएका हुन् ।
उजुरीमा सारव अनुगमन कार्यालय,जिल्ला प्रहरी कार्यालय अछाम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत बोधार्थ दिइएको छ ।
खानेपानी आयोजना निर्माणको ठेक्कामा क्रममा गर्नुपर्ने कानुनी प्रकृया पुरा नगरी सीमित व्यक्तिको मिलेमतोमा काम गरिएको उनको आरोप छ ।
निर्माण व्यवसायी ठकुल्लाका अनुसार ठेक्काका लागी रित पुगी पेश गरेका ठेकेदारहरूले ठेक्काको अन्तिम दिन असार २ गते ठेक्काका लागी के कसो फार्म ्ीृ भो भन्ने बिषयमा जानकारी लिन खोज्दा मौखिक जवाफ दिएर उनीहरूलाई फर्काइएको थियो ।
उनको भनाई मा ठेक्का भएको योजनाको रकम बिभिन्न कारणवश नआउने भएकोले ठेक्का नै रुद्ध गरिएको पालिकाका अधिकारीले विश्वास दिलाएका थिए ।
तर हाल भने उक्त योजनाको ठेक्का सम्झौता भएको चाल पाएपछि आक्रोशित बनेका निर्माण व्यवसायी ठकुल्ला यस बिषयमा आवश्यक छानबिन तथा कार्वाहि गरिनु पर्ने माग सहित पालकामा निवेदन र्ा गाएा छन् ।
उनले दर्ता गराएको निवेदनमा ठेक्कामा कुन फार्मले के कति रकममा योजना सम्पन्न गर्ने आशय पेश गरेको हो भन्ने बिषयमा निवेदकहरूलाई कुनै जानकारी नगराइएको र यो योजना कार्यान्वयनका लागी मूल्याङ्कन समितिले कुनै पनि निर्णय नै नगरिएको दाबी गरिएको छ ।
ठेक्का सम्झौताका लागी आशय पेश गर्न नियमानुसार समय समेत उपलब्ध नगराएको पनि आरोप छ । गाउँपालिकाका निमित्त प्रमुख ्रशासकीय धकत ाव र लखा अिकृ नारद प्रसाद खनाल सहित सम्बन्धित ठेकेदारको मिलेमतोमा नियम विपरीत योजनाको सम्झौता गरिएको आरोप लाग्दै आएको छ ।
पालिकाले आशय पेसका लागी जारि प्रकाशित सूचना अनुसार संमग निर्माण सेवा मंगलसैनले ६३ लाख ८८ हजार ४ सय १ रुपैयाँमा काम गर्ने प्रतिबद्धता सहित ठेक्का हात पारेको हो ।
यत गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावलले भने योजना प्रकृया अनुसार नै संचालन गरिएको दाबी गरेका छन् ।
क्याटेगोरी : पश्चिम खोज, पालिका, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया