Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

अछाममा जुवाखालबाट ८ जना जुवाडे पक्राउ


अछाममा ८ जना जुवाडे पक्राउ परेका छन । जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर २ को एक घरबाट जुवा खेलीरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

कमलबजार नगरपालिका वडा नम्बर २ को एक घरमा बुधवार जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई ५१ हजार ९ सय ७५ नगद र २ गड्डी तास सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

जुवाखालबाट स्क्रिन टच मोबाईल ८ वटा र १ थान सादा मोवाईल समेत बरामद गरिएको छ ।

पक्राउ पर्नेमा कमलबजार ४ का ३७ वर्षका खड्क बिष्ट वर्ष ४५ का मन बहादुर चलाउने,वर्ष ४३ का नरेन्द्र ढकाल, वर्ष २६ का प्रेम नेपाली ,वर्ष ३० का बिमल विक रहेका छन । यस्तै पञ्चदेवल विनायक नगरपालिका वडा ५ का वर्ष २४ का जगत बहादुर शाही,र बाजुराको बुढिगँगा ६ का ४६ वर्षका शेर बहादुर विक रहेका छन् ।

जुवा खेलीरहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरी टोलीले जुवाडेहरुलाई समातेको हो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय अछाममा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode