Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

तुर्माखादमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खनाल हाजिर


लामो समयदेखी निमित्तको भरमा चल्दै आएको तुर्माखाद गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् ।

पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहित भरत खनाल हाजिर भएका हुन् ।

उनलाई आज बुधवार औपचारिक रुपमा गाउँपालिकाका स्वागत गरिएको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसी सहित पालिकाका जनप्रतिनिधि र कर्मचारीले उनलाई स्वागत गरेका छन् ।

अधिकृत खनाललाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष बिसीले पालिकाको सुशासन र समृद्धिमा महत्त्वपूर्ण भूमिकाको अपेक्षा गर्दै कार्य उत्कृष्ट कार्यसम्पादन र सेवा प्रवाहका लागि शुभकामना दिए ।

उत्कृष्ट सेवा प्रवाहका साथै नतिजामुखी बजेट तथा योजना कार्यान्वयनका लागि जनप्रतिनिधि र कर्मचारीबिच आवश्यक सहकार्य हुनुपर्नेमा उनको जोड छ ।

आजै हाजिर भएका अधिकृत खनालले स्वागतका लागी धन्यवाद ज्ञापन गर्दै क्षेत्र भूगोल र भौगोलिक हिसाबले बिकट भए पनि नागरिकका आवश्यकतालाई मध्यनजर गरि सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

लोक सेवा आयोगमा कार्यरत रहेका खनाल सरुवा भई तुर्माखाद गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजीर भएका हुन् ।

निमित्तको भरमा चल्दै आएको गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ल्याउन गाउँपालिका अध्यक्ष बिसी लामो समयदेखी लागि परेका थिए ।

अछामको रामारोशन गाउँपालिका र तुर्माखाद गाउँपालिका बाहेकका पालिकाहरु निमित्तको भरमा चल्दै आएका छन् ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode