Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

डोटीमा श्रीमानले गरे श्रीमतीको हत्या


डोटीमा एक पुरषले हँसियाले घाँटी रेटेर आफ्नो श्रीमतीको हत्या गरेका छन्।

जिल्लाको पूर्विचौकी गाउँपालिका–५ उपरकाँडाका ५० वर्षीय पदी साउदले हँसिया प्रहार गरी ४५ वर्षीया नरु साउदको हत्या गरेका हुन्।

आज (बुधवार) दिउँसो करिब ३ बजेतिर पदीले आफ्नै घरको आँगमा हँसियाले घाटी रेटेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले बताए।

श्रीमान् श्रीमतीबिचमा भएको विवादले यस्तो घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भट्टराईले बताए। घटनामा संलग्न साउदलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाढी बढाएको छ।

 


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode