Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीको सूचना अधिकारीमा झमेला : ठकुल्लाले त्याग्दा जोशी परे फेला


बान्नीगढी जयगढ गाउँपालिकाको सूचना अधिकारी फेरिएका छन् ।

यस अघिका सूचना अधिकारी तिलक ठकुल्लाले राजीनामा गरेसँगै अधिकारी फेरिएका हुन् ।

हाल गाउँपालिकाका लेखापाल अर्जुन जोशीलाई सूचना अधिकारीको जिम्मेवारी दिइएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावलले जोशीलाई उक्त जिम्मेवारी दिएका हुन् ।

यस अघि लामो समयदेखी सूचना अधिकारीको जिम्मेवारी सम्हालेका ठकुल्लाले केही दिन पहिले जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

विभिन्न सूचना माग भई आएका निवेदनहरूको जवाफका लागि चाहिने सूचनाहरू पालिकाका सम्बन्धित शाखाले उपलब्ध नगराउँदा आफूलाई अपजस आइलागेको भन्दै ठकुल्लाले पटक पटक कार्यालय प्रमुख समक्ष राजीनामा दिने गरे पनि थामथुम हुँदै आएको कार्यालय स्रोतको दाबी छ ।

पालिकामा विभिन्न जनसरोकारका बिषयमा सूचना माग भई निवेदन पेश हुँदा समेत विशेष गरि लेखा तथा प्रशासन शाखा र अन्य शाखाले सूचना लुकाउँदै आएका छन् ।

गाउँपालिकाले सूचना लुकाउने गरेको भन्दै पालिकाको बेला बेला आलोचना समेत हुने गरेको छ ।

सूचना माग भई आएका निवेदन अनुसार सम्बन्धित शाखाले सूचना उपलब्ध नगराउँदा आफूमाथि अनावश्यक आरोप लाग्न थालेपछि ठकुल्लाले सूचना अधिकारीबाट राजीनामा गरेको बताइन्छ ।


क्याटेगोरी : पश्चिम खोज, पालिका, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode