Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

अध्यक्ष बिसीको नयाँ अभ्यास : तुर्माखादको समृद्धिका लागी अध्यक्ष र अधिकृतबिच लिखित सम्झौता


अछामको तुर्माखाद गाउँपालिकाको समृद्धिका लागि नयाँ सुरुवात गरिएको छ ।

समृद्धिको अठोट सहित गाउँपालिका अध्यक्ष डम्बर बिसी र प्रमुख प्रशासकीय अधिकृत भरत खनालले लिखित करार सम्झौता गरेका छन् ।

निमित्तको भरमा गाउँपालिका कार्यालय संचालन हुँदा प्रभावकारी कार्य सम्पादन समस्या भइरहेकोमा प्रमुख प्रशासकीय अधिकृत खनाल हाजिर भए पश्चात् उत्कृष्ट कार्य सम्पादन सहित विकासे योजना प्रभावकारी रुपमा संचालन हुने सम्झौता पत्रले संकेत गरेको छ ।

३५ वटा बुँदामा यही भाद्र ५ गते गरिएको करार सम्झौतामा कार्यालयको सेवा प्रवाहदेखि सुशासन, समृद्धि,सूचनाको हक,स्थानीय पाठ्यपुस्तक लगायत प्राय सबै विषय समावेश छन् ।

३५ वटा बुँदामा करार सम्झौताबारे गाउँपालिका अध्यक्ष बिसीले सामाजिक संजाल फेसबुकमा उल्लेख गरेसँगै यसलाई अधिकांशले नयाँ सुरुवात भनेका छन् भने खुलेर प्रशंसा सहित सफलताका लागि शुभकामना दिएका छन् ।

जनताको सेवा र आ आफ्नो जिम्मेवारीमा आफू सहित मातहतका अधिकारीलाई थप जिम्मेवार र अग्रसर बनाउन करार सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष डम्बर बिसीको विश्वास छ ।

पालिकाको प्रशासनिक नेतृत्वको अभावमा यस अघि अपेक्षाकृत कार्य सम्पादन हुन नसकेको बताउँदै अध्यक्ष बिसीले अबका दिनबाट बिगतका कमी कमजोरीलाई सच्याउँदै पालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने दाबी गरेका छन् ।

 

यो पनि पढ्नुहोस :- 

तुर्माखादमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खनाल हाजिर


क्याटेगोरी : पश्चिम खोज, पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode