Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

अछाममै पहिलो पटक तुर्माखादले गर्यो कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण : निरन्तरता दिइने


अछामको तुर्माखाद गाउँपालिकाको कार्यपालिका बैठक पहिलो पटक प्रत्यक्ष प्रसारण गरेको छ।

सामाजिक संजाल फेसबुक मार्फत कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गरिएको हो ।

कार्यपालिका बैठकमा हुने छलफल निर्णयबारे जनतालाई सार्वजनिक रूपमै जानकारी गराउने उद्देश्यले कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण सुरु गरिएको गाउँपालिका अध्यक्ष डम्बर बिसीले बताएका छन् ।

यसपछिका कार्यपालिका बैठकहरू समेत प्रत्यक्ष प्रसारण गरिने उनको भनाई छ ।

गाउँपालिकालाई सुशासन सहित विकासको गतिमा पारदर्शी रुपमा अघि बढाउन कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारणले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

अध्यक्ष बिसीको नयाँ अभ्यास : तुर्माखादको समृद्धिका लागी अध्यक्ष र अधिकृतबिच लिखित सम्झौता


क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode