Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

अछाममा डिउटीमा ढलेका प्रहरी हबल्दार बोहराको मृत्यु


अछाम ,
जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत एक जना प्रहरी सहायक हवलदारको मृत्यु भएको छ।

ड्युटी गर्दागर्दै अचानक बेहोस भएका प्रहरी सहायक हवलदार टंक बहादुर बोहराको जिल्ला अस्पताल मंगलसैनमा निधन भएको हो।

मंगलसैन नगरपालिका वडा नम्बर ८ ओलीगाउँ घर भएका बोहरा जिल्ला प्रहरी कार्यालयको नागरिक सहायता कक्षमा डिउटीमा रहेको अवस्थामा यही भाद्र ८ गते शनिवार दिउसो २: ३० बजे एक्कासि बेहोस भई ढलेका थिए ।

उपचारको लागि जिल्ला अस्पताल अछाममा पुर्याईएकोमा उनलाई लगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।

उनको निधनमा दुख व्यक्त गर्दै जिल्ला प्रहरी कार्यलय अछामले शोक बक्तव्य जारी गरेको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode