Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

हाकिम विवादले पञ्चदेवल विनायक तरंगित : माझीको विनायक मोहमा गम्भीर आशंका


काठमाण्डौ । अछाम जिल्लाको पंचदेवल विनायक नगरपालिका पछिल्लो अवस्थामा निकै तरङ्गित भएको छ ।

नगरपालिकाको काम आफ्नै गतिमा भइरहेको थियो सबै ठिकै थियो तर यही बिचमा नियमित कार्यालय प्रमुख लाई सरुवा गरेर पदम माझी निमित्तमा फुत्त आएपछि नगरपालिका तरङ्गित भएको हो ।

लोकसेवा पास गरेका कर्मचारीलाई हटाएर जिल्ला विकास समितिबाट समायोजनमा आएका विकासे लाई नगरप्रमुख र उपप्रमुखले कार्यालय प्रमुख नस्विकारे पछि नगरपालिका लाई विवादमा तान्ने प्रयास भइरहेको छ । यही बिचमा सामाजिक संजालमा मेयर उपमेयरको पक्ष र विपक्षमा दोहोरी चलिरहेको छ ।

जिल्ला विकास समितिबाट समायोजनमा आएका पदम माझीले विनायक आउन चाहनु अनि मेयर÷उपमेयर ले स्वीकार नगर्नुको कारण के होला ? यसबारेमा जान्न मन लागेर हामीले केही कुरा बुझ्ने प्रयास गरेका छौ ।

जिल्ला विकास समितिमा पनि विवादमा आइरहने,कार्यालयमा अनुपस्थित रहने अनि एलडिओहरुले काम गर्न दबाब दिएमा झुटो कुरा राखेर लेख लेखिहाल्ने आरोप लागेका माझी लाई समायोजनमा पनि कसैले लिन मानेनन् । उनले मंगलसैन नगरपालिकामा जाने प्रयास गरे त्यहाँ पनि एमाले अछामका प्रभावशाली नेता पदम बहादुर बोहरा प्रमुख रहेको मंगलसैन नगरपालिकाले समेत उनलाई अस्वीकार गरे । मंगलसैनका एक जना कर्मचारीले भने – उहाँको सबै कुरा हाम्रो मेयर साहब ( मंगलसैन नगरपालिकाका प्रमुख पदम बोहरा ) लाई जिविस देखि नै थाहा थियो त्यसैले उहाँले हाजिर हुन दिनु भएन जिल्ला समन्वयमा फिर्ता पठाइदिनु भयो ।

सबैतिर बाट थाकेका माझी जाल झेल गरेर पंचदेवल विनायक नगरपालिकाको कार्यालयमा हाजिर हुन सफल भएको तत्कालिन एक जनप्रतिनिधिको दावी छ । जिल्ला विकास समितिमा काम नगर्ने अनि ठुला कुरा गर्नेमा कहलिएका उनी पंचदेवल विनायक पुगेपछि आफूलाई मुख्यसचिव सरहको प्रोटोकल खोज्न थाले । प्रशासनको कुनै अनुभव नभएका उनी नगरपालिकाको कार्यपालिका कार्यालयमा मनमानी गर्न थालेको आरोप थियो ।

कार्यपालिकाको सहमति विपरीत जे मन लाग्यो त्यही गर्न थालेका उनले विधि पद्धति लाई मिचेर काम गर्न थालेपछि उति बेलाका मेयर बाहेकका कर्मचारीसँग बारम्बार विवाद भइरहने गरेको थियो । माझीले अनुगमन समेत नगरेर धेरै योजनामा आर्थिक चलखेल सहित भुक्तानी गरेको चर्चा पनि चलेको थियो । कानुन , नियम अनि विधि अनुसार काम गरौँ भन्ने उति बेलाका उपप्रमुख अनि मेयर लाई हातमा लिएर आफ्नो दुनु सोझ्याएको आरोप लागेका पदम माझी पंचदेवल विनायक आए पछि सुरु भएको विवाद उनको कार्यालय प्रमुख बाट बहिर्गमन पछि केहि मत्थर भयो । विवादको पराकम्पन कहिलेकाहीँ देखा परे पनि खासै विवाद भएन ।

अघिल्लो कार्यकालका उपप्रमुख अम्बिका चलाउने मेयर अनि लामो समय सम्म माविको नेतृत्व गरेका अनुभवी हर्क बहादुर रावल उपप्रमुखमा विजयी भएपछि माझी आफैले सरुवाको सहमति मागे । अनि कार्यपालिकाले निर्णय गरिदियो । उनी सरुवाको कागज लिएर राजधानी काठमाडौँ पुगे सरुवा भएन । उनले सरुवाको लागि पहल नै गरेनन् । संघिय राजधानीमा बसेर नगरपालिका बाट तलब खाए । तर सरुवाको लागि सहमति पत्र खल्तीमा बोकेका चतुर माझी पंचदेवल विनायक आउने बाटो हेरि रहे ।

सरुवा सहमति लिएका माझी नियमित काम गरिरहेका कार्यालय प्रमुख ध्रुव सापकोटाको अन्त सरुवा गराएर प्रमुख प्रशासकीय अधिकृतको पत्र ल्याएर कार्यपालिका कार्यालयमा टुप्लुक्क पुगेपछि मेयर÷उपमेयरले अस्वीकार गरेर काठमाडौँ लागे । मेयर बाट पाउने आर्थिक अधिकार नपाएका माझी कार्यालयमा छन् ।

सरुवा सहमति लिएर गएका माझी लाई हाकिम मान्नेमा मेयर लगायत जनप्रतिनिधि टसमस छैनन् । सरुवा सहमति लिइसकेपछि उहाँले न आउनुपर्ने , अनि उहाँको विगतको कार्यकालमा धेरै विवादास्पद काम भएका छन् त्यसैले उहाँ लाई हाकिम मान्न सकिँदैन एक जना कार्यपालिका सदस्यले भने । अख्तियार दुरुपयोग गरेकोमा छानबिनमा तानिनुपर्ने लाई हामी स्विकार्न बाध्य छैनौ उनले थप प्रष्ट पार्दै भने जिद्दी स्वभावका माझी कार्यालय प्रमुख बन्न अति लालायित देखिन्छन् ।
नगर कार्यपालिका स्थित समाचार स्रोतका अनुसार माझी को कार्यशैली नै उनको समस्या हो । आर्थिक कुरामा अति अपारदर्शी विगत नै उनका लागि समस्या भएको छ । कार्यसम्पादनमा कमजोर ,आर्थिक कुरामा अति लालच राख्ने अनि महालेखाले पनि गम्भीर कुरा उठाएको हुँदा नजिकबाट बुझेका कारण बेरुजु उत्पन्न नहुने र आर्थिक अनियमितता नहुने कुराको ग्यारेन्टी उहाँ दिन सक्नुहुन्न त्यसैले उहाँ लाई कार्यालय प्रमुखमा स्वीकार गर्न गाह्रो भएको हो अधिकांश जनप्रतिनिधिको एउटै साझा धारणा छ ।

पदम माझीले आफ्नो कार्यकालमा आर्थिक बेथिति धेरै गरेका छन् उनी कागजात मिलाउन आउन खोजेका हुन भनेर जनप्रतिनिधिहरुले आरोप लगाउँदै भने हामी उनलाई हाकिम मानेर कागजात मिलाउन दिँदैनौ नगर उपप्रमुखको साथमा छौ एक जना वडा अध्यक्षले भने ।

कुराकानीका क्रममा पंचदेवल विनायक नगरपालिकाका जनप्रतिनिधिहरुले महालेखाको प्रतिवेदनमा उनको कार्यकालमा बेरुजु र आर्थिक ब्यथितीको भयावह चित्र देखिन्छ त्यसै कारण पदम माझी लाई कार्यालय प्रमुख मान्न सकिँदैन भनेर बारम्बार भनेपछि हामी लाई पनि चासो लाग्यो अनि महालेखाको प्रतिवेदन खोजतलास सुरु गरियो ।

उनको कार्यकालमा वित्त व्यवस्थापन तथा खर्च प्रणालीमाथि महालेखाले गम्भीर प्रश्न उठाएको छ । महालेखाको प्रतिवेदन अनुसार माझी कार्यालय प्रमुख भएको समयमा बेरुजु सीमा नाघेको देखीएको देखीएको छ । यति धेरै बेरुजुका लागि महालेखाले आफ्नो प्रतिवेदनमा तत्कालीन कार्यालय प्रमुखलाई जिम्मेवार ठानेको छ । नियम, कानुनलाई बेवास्ता गर्दै जथाभाबी खर्च गरिएको महालेखाको प्रतिवेदनमा प्रस्टसँग उल्लेख गरिएको छ ।

उनको कार्यकाल राजस्व बक्यौता बाँकी रहने, सरकारी निकायबाट गर्न सकिने कामका लागि कोटेसन गराएको , पूर्वाधार क्षेत्रमा सार्वजनिक खरिद ऐन विपरीतका गतिविधि गरेको , अनियमित रूपमा खर्च गरेको, प्रभावकारिता नभएका तथा उपयोगविहीन सामाग्री खरिद गरेर आर्थिक बेथिति गरेको महालेखाले औँल्याएको छ । पंचदेवल विनायक नगरपालिकामा तिन आर्थिक वर्ष ( ०७६÷७७, ०७७÷७८ र ०७९÷७९ ) मा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका उनको कार्यकालमा २४ करोड ५२ लाख ४७ हजार बेरुजु रहेको भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखाले माझीको कार्यकालमा आव ०७६÷७७ मा १६ करोड ९९ लाख ४४ हजार , आव ०७७÷७८ मा ३ करोड ८७ लाख २९ हजार र आव ०७८÷७९ मा ३ करोड ६५ लाख ७४ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । माझीको कार्यकालमा महालेखा बेरुजुमा मात्र सीमित छैन । उनले आर्थिक ऐन नियम विपरीत गरेको कामको फेहरिस्त त्यहाँ देखिन्छ । छाउपडी प्रथा उन्मुलन शीर्षकको बजेट उक्त शीर्षक आएको बजेट खर्च नगरी विद्यालयका लागि खरिद गरेको सेनेटरी प्याड सामाग्री देखाइ टेन्डर मेसिन खरिद गरेको र सामान बितरण गरेको भनी तत्कालीन कार्यालय प्रमुखले रु ३४ लाख ४७ हजार ९८ रुपैयाँ हिनामिना गरेको महालेखाको २०७६÷०७७ को प्रतिवेदनमा उदांगो भएको छ । वडा कार्यालयका राजस्व ठेली , नगरपालिकाको डोजरको लग बुक र ठेली गायब पारेर राजस्व रकम हिनामिना गरेको समेत देखिन्छ ।

आव ०७६÷०७७ मा ९८ हजार १ सय ७ रुपैयाँ ,०७७÷७८ मा १ लाख ४५ हजार ९ सय ६६ रुपैयाँ वडा र डोजर भाडाको राजस्व हिनामिना गरेको देखिन्छन् । उनको कार्यकालमा सबै वडा र डोजरको राजस्वको ठेली भेटिँदैन ।
नीति पद्धति र सुशासनको गफ हाकेर नथाक्ने माझीको वास्तविकता महालेखाको प्रतिवेदनमा छरपस्ट छ । उनले पटक पटक गरेर नियम विपरीत भत्ता लिएको देखिन्छन् । माझिले आव ०७६÷७७ मा पाँच पटक ३२ हजार ८ सय , ०७८÷७९ मा ७ हजार ६ सय ५० रुपैयाँ आव ०७९÷८० मा ९ हजार ४ सय ५० रुपैयाँ नियम विपरीत बुझेको भत्ता असुल उपर गर्न भनेको छ ।

आर्थिक बर्ष ०७७÷७८ को महालेखाको प्रतिवेदनमा गम्भीर कुरा उल्लेख गरिएको छ । प्रतिवेदनको दफा ९९ मा कार्यालय प्रमुखको भान्सेका नाममा असार ३१ गते पेस्की लिई २ लाख ६५ हजार ब्यक्तिगत खर्च गरेको महालेखाले प्रष्ट पारेको छ । उपभोक्ता समिति लाई ८० लाख ५६ हजार २ सय ९५ रुपैयाँ दररेट बढी भुक्तानी दिएकोमा महालेखाले तत्कालीन कार्यालय प्रमुख माझीको मिलेमतोको आशङ्का गरेको छ ।

महालेखाको ०७८/७९ को प्रतिवेदन अनुसार तत्कालीन प्रशासकीय अधिकृत माझीले केही जिन्सी सामान कार्यालयमा फिर्ता नगरेको उल्लेख छ । प्रतिवेदनको दफा ६३.३ मा IDEA Brand को Normal TV २ थान , Laptop १ थान , Abney Level १ थान , Keypad Set १ थान , Garmon Gps १ थान , Aultimeter २ थान , Ranging Road २ थान ,Sound Box ३ थान जिल्ली निरीक्षणको क्रममा सामानहरू नभेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै उक्त प्रतिवेदमा महालेखाले यसरी अभिलेख अनुसार कार्यालयमा भएको जिन्सी सामान जिन्सी निरीक्षणको क्रममा नभेटिनु र केही सामान हालसम्म कार्यालयमा फिर्ता गरेको नपाइएको जिन्सी सामानको हिनामिना हुन सक्ने देखिएकोले आवश्यक कारबाही गरी जिन्सी सामान बरबुझारथ हुनुपर्दछ भनेर प्रष्ट भनेको छ । बेरुजु सम्बन्धी जानकारहरुका अनुसार नमिलेको कारोबार वा रुजु नभएको स्रेस्तालाई बेरुजु भन्ने गरिन्छ ।

आर्थिक कार्यविधि ऐन, २०५५ ले बेरुजु भन्नाले प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रीत नपुराई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको वा ठह¥याइएको कारोबारलाई मानेको छ । बेरुजुको किसिम हेर्दा असुलउपर गर्नुपर्ने, प्रमाण जुटाई नियमित गर्ने र पेस्की बेरुजु भनेर मुख्य ३ वटामा राखेर हेर्ने गरिएको छ ।

बजेट शीर्षक अनुसार खर्च नगर्नु, बजेट शीर्षकको सीमा उल्लङ्घन गर्नु, सार्वजनिक खरिद तथा निर्माण कार्यमा प्रतिस्पर्धा नगर्नु, पारदर्शिताको अवस्था कमजोर रहनु, टुक्रा टुक्रा पारेर कार्य गर्नु, कार्यालयमा आन्तरिक नियन्त्रणको अवस्था कमजोर रहनु, आन्तरिक लेख परीक्षणबाट देखिएका बेरुजु एवं त्रुटिहरू सम्बन्धित कार्यालयहरूले समयमै फर्छ्यौट नगर्नु, आर्थिक कार्यविधि ऐन, नियम, सार्वजनिक खरिद ऐन नियम लगायत प्रचलित ऐन नियमको पूर्ण परिपालना नहुनु, तत्कालीन कार्यालय प्रमुख जिम्मेवार र जवाफ देही हुन नसक्नु , अनुगमन एवं नियमन कार्य प्रभावकारी हुन नसक्नुले नै पंचदेवल विनायक नगरपालिकामा बेरुजु बढेको एक जना विज्ञले बताए ।

उनका अनुसार आर्थिक सुशासनका लागि कार्यालय प्रमुखको बढी जिम्मेवारी हुन्छ प्रतिवेदन हेर्दा उति बेलाका कार्यालय प्रमुखका कमजोरी महालेखाको प्रतिवेदनको हरेक पानामा प्रष्ट देखिन्छ । अर्का एक जना आर्थिक मामिलाका जानकारले भने बेरुजु अनियमित रकम हो । यसले आर्थिक अनुशासन नभएको तथा भ्रष्टाचार बढेको सङ्केत गर्ने हुनाले सकेसम्म बेरुजु हुन नदिनु नै उत्तम उपाय हो ।

यसका लागि प्रचलित ऐन नियमको पूर्ण पालना गर्नुपर्छ।प्रचलित ऐन नियम पालन गराउने जिम्मेवारी कार्यालय प्रमुखको हो तर पंचदेवल विनायकको आव २०७६÷७७ , २०७७÷७८ र २०७८÷८९ को महालेखाको प्रतिवेदन हेर्दा आर्थिक कारोबारमा स्वच्छता कायम गर्नुमा उति बेलाका कार्यालय प्रमुख गैर जिम्मेवार रहेको बुझिन्छ ।

सरसर्ती हेर्दा त्यो तीन आर्थिक वर्षमा आर्थिक अनुशासनहीनता बढ्नुमा कार्यालय प्रमुखको गम्भीर कमजोरी देखिन्छ । मनपरी गर्ने तर कानुनअनुसार प्राप्त गर्नुपर्ने आम्दानी संकलन नगर्ने प्रवृत्ति बढेपछि बेरुजु उच्च दरले बढ्दै गएको छ । उनका अनुसार कानुनबमोजिम रीत नपु¥याई कारोबार गर्ने, लेखा नराख्ने, अनियमित वा बेमनासिब खर्च गर्ने प्रवृत्तिले यस्तो हुन्छ ।

यता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझीले भने राजनितिक आश्था नमिलेकै कारण मयर उप मेयर लगायका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र कर्मचारीले आफुमाथी बिभिन्न झुटा आरोप लगाएर बाइपास गर्न खाजेको दावी गर्दै आएका छन् ।


क्याटेगोरी : पश्चिम खोज, पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode