Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

पहिरोले अवरुद्ध मध्यपहाडी मंगलसैन ठाटीखाँद सडक खण्ड खुल्यो


अछाम : पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी पुष्पलाल लोक मार्गको मंगलसैन ठाटीखाँद सडक खण्ड खुलेको छ ।

मंगलसैन नगरपालिकाको डोजरले भत्किएको सडक हाललाई मर्मत सम्भार गरेसँगै सडक खुलेको हो ।

शनिवार रातीदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको थियो ।

उक्त सडकको ठूलासैन नजिकैको चिण्डे वनमा केही भाग भासिएको थियो ।

मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले नगरको डोजर प्रयोग गरि हाललाई सडक मर्मत गरिएको बताएका छन् ।

सडकको थप मर्मतका लागि सम्बन्धित निकायमा पहल भईरहेको मेयर बोहराको बनाई छ ।


क्याटेगोरी : टापनटिपन, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode