Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

अछाम समन्वय क्वाटरमा जाँडपाटी

काँग्रेस प्रवक्ता शाहले बोतल हिर्काउँदा समन्वय प्रमुख कुँवर घाइते


अछाम जिल्ला समन्वय समितिका प्रमुख ललित कुँवर घाइते भएका छन् ।

नेपाली कांग्रेस अछामका प्रवक्ता पदम शाहले जाँड पाटीपछि बोतल हिर्काउँदा समन्वय प्रमुख कुँवर घाइते भएका हुन् ।

गएराती ११ बजे जिल्ला समन्वयको क्वार्टरमा जाँडपाटी पश्चात् दुई जना बिच कुटाकुट हुँदा कुँवरको टाउकोमा चोट लागेको थियो ।

प्रमुखको कार्यालय भित्रै रहेको निवासमा नेपाली काँग्रेसबाट निर्वाचित समन्वय प्रमुख कुँवरलाई काँग्रेस प्रवक्ता शाहले मदिरा सेवन गरेर एक आपसमा कुटपिट गरेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीका अनुसार गए राति समन्वय प्रमुख कुँवरले आफूमाथि हातपात भएको भन्दै टेलिफोन मार्फत प्रहरीमा उजुरी गरेका थिए ।

तत्पश्चात् दुवै जनाको स्वास्थ्य गर्दा मदिरा सेवन गरेको देखीएको छ ।

जिल्ला अस्पताल अछामका अनुसार समन्वयमा वय प्रमुख कुँवरको टाउकोमा ४ टाँका लागेको छ ।

दुवै जनालाई छलफलको बोलाइएको अवस्थामा उपस्थित हुने गरि छोडिएको छोडिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode