Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

तिमिल्सैनमा सङ्कलित खोटो आफलताफल : अनुसन्धान तथा कार्वाहीका लागी प्रहरीमा उजुरी


अछाम । तिमिल्सैन सामुदायिक बनमा संकलन गरिएको खोटो आफलताफल गर्ने समूह विरुद्ध प्रहरीमा उजुरी परेको छ ।

श्रीकृष्ण जन्माष्टमीको राती तिमिल्सैन सामुदायिक बनमा बिक्रीका लागी संकलन गरिएका खोटाका ५० भन्दा बढी कन्टर आफलताफल गरिएको भन्दै जयगढ प्रहरी चौकीमा उजुरी परेको हो ।

जयगढमा श्रीकृष्ण जन्माष्टमीका अवशरमा लाग्ने मेला हेरेर फर्केका अराजक युवाहरूको समूहले उक्त गतिविधि गरेको हुन सक्ने आँकलन छ ।

तिमिल्सैन सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष तिलक बहादुर खत्रीले प्रहरी चौकी जयगढमा दोषीको खोज अनुसन्धान गरि आवश्यक कार्वाही गरि पाउँ भनी उजुरी दिएका छन् ।

गंगा रोजिन एण्ड टार्पेन्टाईन इन्ड्रस्टिज र तिमिल्सैन सामुदायिक बन उपभोक्ता समूहबिच सम्झौता भए बमोजिम संकलन गरिएका ५२ टिना खोटो ढोली पोखी कन्टरहरुलाई अराजक समूहले ठुलो क्षति पुर्याएको दाबी गरिएको छ ।

प्रचलित ऐन,कानुन र नियमानुसार संकलन गरिएका खोटोमा क्षति पुर्‍याउने अराजकहरूको पहिचान गरि कार्वाही गर्नुपर्ने बन उपभोक्ता समूहका अध्यक्ष तिलक बहादुर खत्रीले जोडदार माग गरेका छन् ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode