Hikmat Acharya
  • ६ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

कर कार्यालय नै ठग : कर कार्यालय साँफेबगरले २२ बर्ष अघि तिरिसकेको कर फेरि किन असुल्यो ?


करदाता सेवा कार्यालय साँफेबगरले पहिले नै कर तिरिसकेका सेवाग्राहीबाट पुनः कर असुली गरेको खुलेको छ ।

करदाता सेवा कार्यालय साँफेबगरको कार्यक्षेत्र भित्रका पहिले नै कर बुझाइसकेका बिभिन्न सेवाग्राहीबाट पुनः कर असुली गरेको पाइएको ह

बान्नीगढी जयगढ गाउँपालिका अन्तर्गत जयगढ बजारमा संचालित पंकज मेडिकल हलबाट २२ बर्ष अघिका ४ आर्थिक वर्षको कर दोहोरो असुल गरिएको छ ।पंकज मेडिकल हलले आर्थिक बर्ष २०५४।५५ देखी २०५७।५८ सम्म समयमै राज्यलाई बुझाउनुपर्ने कर बुझाइसकेको कागजात सञ्चालकसँग सुरक्षित छ ।

तर गएको आर्थिक बर्ष २०८०।८१ को कर बुझाउने क्रममा यही भाद्र ११ गते मेडिकल हलले आर्थिक बर्ष २०५४।५५ देखी २०५७।५८ सम्मको कर नबुझाएको बिवरण कर कार्यालयको अनलाइन सिस्टममा देखाएको संचालक भरत खत्रीले बताए । अनलाइनमै कर बुझाउन बाँकी देखीएपछि आफूले बाध्य भएर २० हजार बढी कर दाखिला गरेको उनको भनाई छ ।

कर बुझाएर घर फर्किएपश्चात् आफूले हालसम्म नियमित कर बुझाउँदै आएको स्मरण गरेका उनले मेडिकलसँग सम्बन्धित कागजातको फाइल खोल्दा समयमै तिँ आर्थिक वर्षको कर बुझाएको रसिद भेटाएका थिए । राज्यलाई समयमै कर बुझाउँदा पनि व्यवसयल करको मारमा पारेर अन्याय गरिएको खत्रीको भनाई छ ।

यता करदाता सेवा कार्यालय साँफेबगरका प्रमुख पशुपति यादवले पनि पहिला हातले कागजमा इन्ट्रि गरेर कर चुक्ताको बिवरण दाखिला गर्ने गरेका कारण यो समस्या आएको बताएका छन् ।

उनका अनुसार अनलाइन सिस्टमबाट कर दाखिला सुरु गर्नु पहिलेका विवरणहरूमा केहि समस्या देखा पर्ने गरेको छ ।

उनका अनुसार दोहोरो कर बुझाएकाहरूको रसिद सहितको बिरण केन्द्रमा े गि आवश्यक निर्णय गरिने छ । दोहोरो कर बुझाएकाहरूको आगामी आर्थिक वर्षको कर दाखिलाका क्रममा उक्त रकम संयोजन गर्न सकिने उनले विश्वास दिलाएका छन् ।


क्याटेगोरी : पश्चिम खोज, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode