Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

पाकिस्तानमाथि बङ्गलादेशको ऐतिहासिक ‘क्लिन स्वीप’


बङ्गलादेशले पाकिस्तानसँगको दुई खेलको टेस्ट शृङ्खलामा ऐतिहासिक क्लिन स्वीप गरेको छ । पाकिस्तानले दिएको १ सय ८५ रनको लक्ष्य खेलको पाँचौं दिनमा ४ विकेट गुमाएर पूरा गर्दै बङ्गलादेशले इतिहास रचेको हो । बङ्गलादेशका जाकिर हसनले सबैभन्दा धेरै ४० रन बनाए । बलिङतर्फ पाकिस्तानका मिर हम्जा, खुर्रम शहजाद, अब्रार अहमद र अघा सलमानले समान १ विकेट लिए ।घरेलु टोली पाकिस्तान दोस्रो पारीमा १ सय ७२ रनमा अल आउट भएको थियो । उसका अघा सलमानले नट आउट ४७ र मोहम्मद रिजवानले ४३ रन बनाएका थिए । बलिङतर्फ बङ्गलादेशका हसन महमुदले ५ र नहिद रानाले ४ विकेट लिए ।
यसैगरी पाकिस्तानले पहिलो पारीमा सइम अयुब, शन मसूद र अघा सलमानको अर्धशतकमा २ सय ७४ रन बनाएको थियो । बलिङतर्फ बङ्गलादेशका मेहदी हसन मिराजले ५ र तस्किन अहमदले ३ विकेट लिए ।बङ्गलादेशले पहिलो पारीमा लिटन दासको शतक र मेहदी हसनको अर्धशतकको मद्दतमा २ सय ६२ रन बनाएको थियो । बलिङतर्फ पाकिस्तानका खुर्रम शहजादले ६ विकेट लिएका थिए । पहिलो टेस्टमा बङ्गलादेशले पाकिस्तानलाई १० विकेटले हराउँदै इतिहास रचेको थियो । टेस्ट क्रिकेटमा बङ्गलादेशले पाकिस्तानलाई पहिलो पटक हराएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode