Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

मेल्लेखका २ युवाले मदिराले मातिएर पालिकाको ढोकामा लात्ती बजारे, पत्रकार चदारालाई भकुरे


अछाम : मेल्लेख गाउँपालिकाका स्थानीय २ युवाले मदिराको तालमा गाउँपालिका कार्यालयको ढोकामा लात्तीले बजार्नुका साथै स्थानीय पत्रकार माथि हातपात गरेका छन् ।

गाउँपालिकाको वडा नम्बर ५ खिमाडाका गोकुल बोहरा र गौतम साउदले मदिराको तालमा सोमवार राति गाउँपालिकाको मुख्य ढोकामा लात्ती बजार्नुका साथ‌ै पत्रकार लाल चदारालाई कुटपिट गरेका हुन् ।

गाउँपालिका कार्यालय भित्र साँफेमा आयोजना गरिएको तिज प्रतियोगितामा सहभागी हुन आवश्यक रिहर्सल गरिरहेका बेला बोहरा र साउँदले मदिराको तालमा ढोकामा लात्ती बजार्दै भित्र प्रवेश गरेका थिए ।

चुक्कुल तोडेर भित्र छिरेका उनीहरूले एकाएक आफूलाई कुटपिट गरेको पत्रकार चदाराले बताएका छन् ।

दुवै जनाले हातपात गर्न थालेपछि बाहिर निस्किएका उनलाई बोहरा र साउँदले पालिकाको हाता भित्र समेत हातपात गरेको भिडियो फुटेजमा देखिन्छ ।

उनीहरूको कुटपिटबाट चदाराको टाउको र खुट्टामा चोट लागेको छ ।

पालिका छिरेर अपशब्द बोलेका उनीहरूले मेल्लेख प्रहरी चौकीको प्राङगणमा समेत गालीगलौज गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेका उनीहरूलाई अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरी भण्डारीले बताएका छन् ।

उनका अनुसार अनुसन्धान र प्रमाणका आधारमा उनीहरूलाई थप मुद्दा समेत चलाउन सकिने छ ।


क्याटेगोरी : अपराध, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode