Hikmat Acharya
  • ६ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

भारत रायपुरमा पहिलो पटक नेपाली तीज विशेष कार्यक्रम हुँदै


भारत । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भारतको रायपुर छत्तिसगढमा नेपाली तीज विशेष कार्यक्रम हुने भएको छ ।

रायपूरमा रहेका नेपालीहरुको अगुवाईमा छत्तिसगढमै पहिलो पटक तीज विशेष सास्कृतिक कार्यक्रम हुन लागेको हो ।

यहि सेपटेम्वर ६ तारिखका दिन आयोजना गरिएको तीज बिशेष कार्यक्रममा अछामी रेखा थापा भीम बिष्ट र गायिका निरुता खत्रीले प्रस्तुती दिनेछन् ।

भारत छत्तिसगढमा रहेका महिलाहरुलाई जमघट गरेर तीजमा नाचगान गर्दै सद्भाव बढाउने उद्वेश्यले कार्यक्रमको आयोजना गरिएको मुल आयोजक सदस्य नवीन साउदले बताए ।

आगामी सेप्टेम्वर ६ तारिख शुक्रबार रायपुर डिडि नगरमा रहेको सिद्धि विनायक प्यालेसमा हुने कार्य्रम सहभागीताका लागि पायक पर्ने नेपालीमा आयोजकले आमन्त्रका लागि अनुरोध गरेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode