Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

मङ्गोलिया १० रनमै अल–आउट, टी–२० क्रिकेटमा कम स्कोरको रेकर्ड बराबरी


सिङ्गापुरसँगको खेलमा १० रनमा अल–आउट हुँदै मङ्गोलियाले पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कम स्कोरको रेकर्ड बराबरी गरेको छ ।

आईसीसी पुरुष टी–२० विश्वकप एशिया छनोट ुएु अन्तर्गत मलेसियाको बाङ्गीमा भएको खेलमा मङ्गोलिया १० ओभरमा १० रन बनाउँदा अल–आउट भएको हो । यसअघि सन् २०२३ मा स्पेनसँगको खेलमा आइल अफ म्यान १० रनमै अल–आउट हुँदा रेकर्ड बनेको थियो ।

मङ्गोलियाका दुई जना खेलाडीले सबैभन्दा धेरै समान २ रन बनाए भने पाँच जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । मङ्गोलियालाई कम स्कोरमा रोक्न सिङ्गापुरका हर्ष भारद्वाजले ४ ओभरमा २ मेडन राख्दै ३ रन दिएर ६ विकेट लिए । यो पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन हो । उत्कृष्ट बलिङको पहिलो नम्बरमा रहेका मलेसियाका स्याजरुल इद्रुसले ४ ओभरमा १ मेडन राख्दै ८ रन दिएर ७ विकेट लिएका छन् ।

मङ्गोलियाले दिएको ११ रनको सामान्य लक्ष्य सिङ्गापुरले १ विकेट गुमाएर ५ बलमा भेटायो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode