Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

उदयपुरमा आमा–छाेराकाे हत्या


उदयपुरको कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा–छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उहाँका छोरा अन्दाजी ६ वर्षीय आरुस आज बिहान पसलमै मृत भेटिएका हुन् ।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकले आमा–छोराको शव देखेका थिए । प्रहरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ । घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ ।

वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान् अशोक दुई वर्षअघि कान्छी श्रीमती लिएर भारततिर जानुभएको थियो ।


क्याटेगोरी : अपराध, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode