Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

साफ महिला फुटबलको खेल तालिका सार्वजनिक


दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनशिप फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । काठमाण्डौ दशरथ रङ्गशालामा आउँदो कात्तिक १ गतेदेखि कात्तिक १४ गतेसम्म आयोजना हुने साफ महिला च्याम्पियनशिपको सार्वजनिक भएको खेल तालिकाअनुसार घरेलु टोली नेपालले पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

साफले निकालेको तालिकाअनुसार समूह ‘बी’ मा रहेको नेपालले कात्तिक २ गते भुटानसँग खेल्नेछ । कात्तिक ५ गते माल्दिभ्स र कात्तिक ८ गते श्रीलङ्कासँग खेल्नेछ । ‘बी’ मा नेपाल, भुटान‚ माल्दिभ्स र श्रीलङ्का रहेका छन् । तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा भने भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘ए’ मा साबिक विजेता बङ्गलादेशसँगै भारत र पाकिस्तान रहेका छन् । दुवै समूहका शीर्षमा रहने २ टोली सेमिफाइनल पुग्नेछन् । नेपालले महिला साफ आयोजना गर्न लागेको यो लगातार तेस्रो पटक हो । महिला साफ च्याम्पियनशिपका पछिल्ला दुई संस्करण सन् २०१९ र सन् २०२२ मा पनि नेपालमै भएको थियो ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode