करणी गरेको आरोपमा बैतडीमा स्वास्थ्यचौकी इन्चार्ज पक्राउ
बैतडीमा जबरजस्ती करणी गरेको आरोपमा एक स्वास्थ्यचौकीका इन्चार्ज पक्राउ परेका छन् ।
जिल्लाको सिगास गाउँपालिका–२ मा रहेको गाँजरी स्वास्थ्य चौकीका प्रमुख, ४१ वर्षीय जनकसिंह धामी पक्राउ परेका हुन् ।
उनलाई ३१ वर्षीया युवतीलाई जबरजस् करणी गरेको आरोपमा बिहीवार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पीडित युवतीले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।
क्याटेगोरी : अपराध, समाचार
प्रतिक्रिया