Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

साढे ३ करोडमा बिक्यो एनपीएलको एउटै फ्रेन्चाइजी


नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिमको मालिक तय भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार खुला बिडिङ गरेको थियो, जसमा पोखराका लागि सबैभन्दा महंगो बोली लागेको छ । नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाखमा पोखराको फ्रेन्चाइजी लिएको हो ।

यस्तै काठमाडौंको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेसन्सले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा पाएको छ ।

जनकपुरको फ्रेन्चाइजी ड्रिम्स स्पोर्टसले पाएको छ । उसले बोलकबोलमा २ करोड ५ लाखमा फ्रेन्चाइजी पाएको हो ।

लुम्बिनीको फ्रेन्चाइजी फर्टुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँमा लिँदा सुदूरपश्चिमको फ्रेन्चाइजी इम्पायर स्पोटर्सले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा लिएको छ ।

चितवनको फ्रेन्चाइजी चितवन मेडिकल कलेजले १ लाख ७६ लाख एक हजार रुपैयाँ र बिराटनगरको एमएडी ड्रिम्स स्पोर्टसले १ करोड ५१ लाख रुपैयाँमा पाएको छ ।

सबैभन्दा कमको बोली कर्णालीको फ्रेन्चाइजीमा लाग्यो । हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजार रुपैयाँमा कर्णाली टिमको फ्रेन्चाइजी लिएको हो ।

मंसिर १५ देखि ६ पुससम्म हुने एनपीएलमा ८ टिम रहनेछन् । फ्रेन्चाइजी टिमका लागि १६ वटा आवेदन परेको थियो । खुला बिडिङ गर्दा ८ वटा फ्रेन्चाइजी कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयााँमा बिक्री भएको छ ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode