Hikmat Acharya
  • २० मंसीर २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

हलिया मुक्ति घोषणा भएको १६ वर्ष पूरा : झन्डै २० प्रतिशत मुक्त हलिया पुनः स्थापनाको पर्खाइमा


हलिया मुक्ति घोषणा भएको आज १६ वर्ष पूरा भएको छ । नेपाल सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । तर १६ वर्ष भइसक्दा पनि पुनः स्थापना नहुँदा कष्टकर जीवन जिउन बाध्य भएको मुक्त हलियाको गुनासो छ ।

विशेषगरी सुदूरपश्चम र कर्णाली प्रदेशका तीनसहित १२ जिल्लामा रहेका हलियालाई मुक्तिको घोषणा गरेकोमा १६ वर्षसम्म पुनर्स्थापना पूरा नभएको हो । नेपाल सरकारले प्रमाणीकरण गरेका १६ हजार नौ सय ५३ परिवारमध्ये अहिलेसम्म १३ हजार पाँच सय ४६ परिवारले मात्रै पुनः स्थापना प्याकेज पाएका राष्ट्रिय मुक्त हलिया समाज महासंघका नेपालका अध्यक्ष ईश्वर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार नौ प्रतिशत परिवारले पुनःस्थापा प्याकेजको अन्तिम किस्ता पाएका छैनन् भने झन्डै २० प्रतिशत मुक्त हलिया पुनः स्थापनाको पर्खाइमा छन् ।

पुनः स्थापना गरिएकामा पनि शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन, सामाजिक सशक्तीकरण, समावेशीकरणसम्बन्धी मुद्दा कार्यान्वयन नहुँदा कैयौँ मुक्त हलिया परिवार पुनः हलिया बस्न बाध्य भएका छन् । संघीय सरकारले गठन गरेको मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवा समुदायको वस्तुस्थिति अ्यय सदस्य एवम् हलिया अधिकारकर्मी हरि श्रीपाइली सरकारले तदारुकता देखाए बाँकी रहेका मुक्त हलियाको पुनः स्थापनामा समय नलाग्ने बताउनुहुन्छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode