Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

अछामका ३ पालिकामा अधिकृत आउँदै : बान्नीगढीमा किरण


अछामका ३ वटा पालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सिफारिस गरेको छ ।

लोक सेवा आयोगबाट संघीय शाखा अधिकृत, प्रशासन समूहमा सिफारिस भई आधारभूत प्रशासनिक तालिम(BAT) समापन पश्चात् अछामका ३ वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत पदस्थापन गर्ने भएको छ ।

हाल निमित्तको भरमा चल्दै आएका बान्नीगढी जयगढ गाउँपालिका,चौरपाटी गाउँपालिका,मेल्लेख गाउँपालिकामा संघीय शाखा अधिकृत सिफारिस गरिएका मन्त्रालयले जनाएको छ ।

जस अनुसार बान्नीगढी जयगढ गाउँपालिकामा किरण चौधरी प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुने छन् । भने चौरपाटीमा विभाकर मिश्र,मेल्लेखमा नवराज वली उपस्थित हुने छन् ।

संघीय निजामती सेवा, प्रशासन समूह, शाखा अधिकृतका लागि लोकसेवा आयोगले लिएको परीक्षा पास भई आधारभूत प्रशासनिक तालिम पूरा गरेका उनीहरूलाई केही दिन भित्रै पदस्थापन गर्ने बताईएको छ ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode