Hikmat Acharya
  • ६ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

ओछ्यानमै मृत भेटिएका साउँदको शव नेपाल पुर्‍याइयो : भोलि धनगढीमा दाहसंस्कार


रोजगारीको सिलसिलामा मलेसियामा निधन भएका अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडा मौभेरीका भक्त साउँदको शव नेपाल आइपुगेको छ ।

साता दिन अघि ओछ्यानमै मृत भेटिएका उनको शव आज मङ्गलवार मात्रै काठमाडौँ आइपुगेको हो ।

काम सकेर कोठा सुतेका ४० बर्षिया साउँद सुतेको ओछ्यानमै मृत भेटिएका थिए ।

उनको शव भोलि सबेरै धनगढीस्थित घरमा पुर्याईने र भोलि मंगलबार स्थानीय नदिमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

तत्कालीन जनमुक्ति सेनाको रुपमा काम गरेका उनी विगत ६ बर्षदेखी मलेसियाको कम्पनीका सेकुरेटी गार्डको रुपमा काम गर्दै आएका थिए ।

अछामका पूर्व जनमुक्ति सेना मलेसियामा अस्ताए !


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode