Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

एन्फा महिला लिगमा आज आर्मी र बाग्मती युथ क्लव तथा वालिङ र एपीएफ खेल्ने


एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे त्रिभुवन आर्मी र बाग्मती युथ क्लव खेल्दैछन् ।

आर्मीले आफ्ना तीनमध्ये २ खेलमा जित र एकमा हारको नतिजा निकालेर ६ अङ्क जोडेको छ । बाग्मतीले यसअघि एक खेलमा मात्र जित निकालेको छ ।

यस्तै आजै हुने दोस्रो खेलमा दिउँसो साढे ३ बजे वालिङ नगरपालिका र सशस्त्र प्रहरी बलको एपीएफ क्लब खेल्दैछन् । एपीएफले तीन खेलमध्ये २ मा जित र एकमा बराबरी खेल्दै ७ अङ्क जोड्दा वालिङ नगरपालिकाले समान तीन खेलमा २ जितसहित ६ अङ्क जोडेको छ ।

यसअघि हिजो बुधवार भएको खेलमा नेपाल पुलिस क्लब कोशी प्रदेशलाई हराएर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पुलिसको ४ खेलमा १० अङ्क छ । कोशी ४ खेलमा ९ अङ्कसहित दोस्रो स्थानमा छ ।

आर्मी , वालिङ नगरपालिका र बाग्मतीको समान ६ अङ्क छ । १० टोली सहभागी लिगको शीर्ष ५ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode