Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

ओलीलाई रावलको कटाक्ष : पहिला राजमार्ग ठिक बनाऔँ त्यसपछि पानी जहाजका कुरा गरौँ


अछाम । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम बहादुर रावलले प्रधानमन्त्री के.पी शर्मा ओलीलाई सामाजिक संजाल फेसबुक मार्फत कटाक्ष गरेका छन् ।

धनगढी डडेल्धुरा सडक खण्ड अन्तर्गत बुढितोलाको पहिरोग्रस्त सडकलाई लिएर रावलले ओलीलाई सामाजिक संजाल मार्फत कटाक्ष गरेका हुन् ।

पहिरोले क्षतबिक्षत भएको सडक माथीको यात्राको भिडियो अप्लोड गर्दै रावलले लेखेका छन् ‘राजमार्गका यस्ता ठाउँ राम्रा बनाअ‍ौं, त्यसपछि पानी जहाजका कुरा गरौं। कसो ? यो धनगढी-डडेलधुरा राजमार्गमा बुढीतोलाको एक ठाउँ हो।’

अछामबाट कैलाली फर्कने क्रममा रावलले स्वयम आफैले यो सडकको दुरावस्थाको भिडियो खिचेर फेसबुकमा राखेका हुन् ।

गएको बर्ष अविरल बर्षाका कारण धनगढी डडेल्धुरा सडक खण्डको बुढितोलामा करिव आधा किलो मिटर सडक भासीएको थियो । कच्चि अस्तव्यस्त सडकका कारण यात्रुले शास्ती खेप्दै आएका छन् । उक्त खण्डमा गाडी आवत जावतका लागी सामान्य रुपमा बाटो खुलाइएको भएपनि बर्षाका क्रममा समस्या हुने गरेको छ ।

चितवन महाधिवेशमा ओलीका प्रत्यासी रहेका रावल हाल पार्टीमा भुमिका बिहिन छन् । गृहजिल्ला अछाममा आयोजित पत्रकार सम्मेलनका क्रममा समेत रावलले सरकारले सुदुरपश्चिमलाई बजेटमा बिभेद गेको भन्दै खेद प्रकट गरेका थिए ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode