Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

क्यानडामा भएको अभ्यास खेलमा नेपाल ६६ रनले विजयी


विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिदेशीय खेलका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा स्थानीय टोलीलाई ६६ रनले हराएको छ । टोरोन्टोमा गएराति भएको अभ्यास खेलमा नेपालले स्थानीय एचपी जगुवार्सलाई ६६ रनले पराजित गरेको हो ।

नेपालले दिएको दुई सय ४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा एक सय ८१ रनमा अलआउट भयो । नेपालका ललितनारायण राजवंशीले ४, सन्दीप लामिछानेले ३ तथा करण केसी र कुशल मल्लले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४७ ओभर ५ बलमा २ सय ४७ रनमा अलआउट भएको थियो ।

नेपालका अनिलकुमार शाहले अविजित सर्वाधिक ४७ रन बनाए । कुशल भुर्तेलले ४१ तथा कप्तान रोहितकुमार पौडेलले ३३ रन जोडे । क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।

श्रृङ्खलाको पहिलो खेलमा नेपालले पर्सि ३१ गते क्यानडासँग, दोस्रो खेल असोज २ गते ओमान, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode