Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बिद्युत प्राधिकरणका उप निर्देशक साउँद राष्ट्रपतिबाट सम्मानित


नेपाल बिद्युत प्राधिकरणका उप निर्देशक लोकेन्द्र साउँद राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिवार आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले साउँदलाई सम्मान तथा अभिनन्दन गरेका हुन् ।

सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान तथा अभिनन्दन गरिएको सांस्कृतिक समाज नेपालले जनाएको छ । नेपाल बिद्युत प्राधिकरणको उप निर्देशकका रुपमा कार्यरत रहेका साउँद सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत सक्रिय छन् ।

अछामको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटीया स्थायी घर रहेका साउँद हाल काठमाण्डौँमा बसोबास गर्दै आएका छन् । बिद्युत प्राधिकरणको उप निर्देशक रहेका साउँदले काठमाण्डौको टिकाथलीमा बसोबास गर्दै आएका अछाम र सुदूरपश्चिमेलीहरुलाई एकीकृत गर्ने बिभिन्न समितिको समेत नेतृत्व गर्दै आएका छन् ।


क्याटेगोरी : कला-साहित्य, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode