Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

शैक्षिक सुधारका लागी तुर्माखाद गाउँपालिका र ‘USAID EGL’ बिच सम्झौता : करिब ३ करोड भित्रिने


अछाम । तुर्माखाद गाउँपालिकामा शैक्षिक सुधारका लागी गाउँपालिका र USAID EGL बिच सम्झौता भएको छ ।

गाउँपालिकाको शैक्षिक सुधारका लागी बिभिन्न क्रियाकलाप संचालन गर्न गाउँपालिका र USAID EGL बिच सम्झौता भएको हो ।

गएको बुधवार द्विपक्षीय सम्झौता भएसँगै परियोजना कार्यान्वयनको प्रकृया सुरु भएको छ । जस अन्तर्गत पालिकामा अभिमुखीकरण कार्यक्रमका साथै परियोजना कार्यान्वयनका लागी मापदण्ड पुगेका विद्यालयलाई छनोट कार्य केहि दिनमै पुरा गरिने छ ।

परियोजना कार्यान्वयनका लागी मापदण्ड पुगेका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागी बिभिन्न कार्यक्रम संचालन गर्न पालिकालाई वार्षिक रुपमा ४ हजार अमेरिकी डलर USAID EGLले उपलब्ध गराउने छ । यो परियोजना सन २०२८ सम्म लागु हुने सम्झौता भएको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बि.सी.ले बताएका छन् ।

यो सम्झौतासँगै सन २०२८ सम्म शैक्षिक सुधारका लागी गाउँपालिकाले करिब ३ करोड नेपाली रुपैयाँ पाउने छ । पूर्वाधार बाहेक शैक्षिक गुणस्तर वृद्धि गर्न बिभिन्न क्रियाकलाप संचालन गर्ने गरि यो सम्झौता गरिएको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष बि.सी.ले यसबाट रचनात्मक रुपमा शैक्षिक सुधार हुने विश्वास लिएका छन् ।

कक्षा १ देखी ३ कक्षासम्म कक्षा संचालन भएर १५ जना विद्यार्थी दैनिक रुपमा अध्ययनरत रहेको विद्यालयमा यो परियोजनाले काम गर्ने छ । USAID EGLको आर्थिक सहयोगमा संचालन हुने यो परियोजनालाई स्थानीय रुपमा आसमान नेपाल नामक गैरसरकारी संस्थाले सहजीकरण गर्ने बताईएको छ ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode