Hikmat Acharya
  • ४ असोज २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

ट्रम्पको हत्या प्रयासमा संलग्न आरोपितलाई बन्दुक अपराधको अभियोग


अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा पक्राउ परेका एकजनालाई सङ्घीय बन्दुक अपराधको अभियोग लगाइएको छ । पूर्वराष्ट्रपति ट्रम्पलाई हिजो फ्लोरिडामा गोली हान्ने असफल प्रयासपछि ५८ वर्षीय रेयान वेस्ले राउथ पक्राउ परेका थिए ।

उनलाई ट्रम्पको हत्या गर्ने योजना बनाएको आशङ्कामा पक्राउ गरेर शुरुमा बन्दुक अपराधको अभियोग लगाएपनि अदालतमा थप आरोपहरुका साथ मुद्दा दर्ता गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । अदालतको संक्षिप्त सुनुवाइका क्रममा हिजो राउथले न्यायाधीशका प्रश्नमा अपराध स्वीकार गरिसकेका छन् ।

भौतिक संरचना निर्माण क्षेत्रमा कार्यरत रहेका उनले नियमित रूपमा सामाजिक सञ्जालमा राजनीति र वर्तमान घटनाका बारेमा लेख्ने गरेका पाइएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो समयमा उनले ट्रम्पकोबारेमा आलोचनात्म टिप्पणीसमेत लेख्दै आएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode