Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

सुनको भाउ घट्यो


काठमाण्डौ – सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एक लाख ५६ हजार सात सय रुपैयाँ रहेको थियो । अस्ति भने सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


क्याटेगोरी : अर्थ-वाणिज्य, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode