Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

डोटीमा आज साहित्य उत्सव हुँदै


डोटी– डोटीमा आज साहित्य उत्सवको आयोजना गरिएको छ ।

संविधान दिवसको अवसरमा नेपाली लेखक संघ डोटी र डोटेली साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा सिलगढीमा उत्सव आयोजना गर्न लागिएको हो ।

साहित्य उत्सवको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले उद्घाटन गर्ने तय भएको नेपाली लेखक संघ डोटीका अध्यक्ष फणेन्द्र साउदले बताए ।

उत्सवमा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट स्रष्टाहरू सहभागी हुन लागेको उनले बताए। कार्यक्रममा बिभिन्न स्रष्टाहरूको सम्मान, पुस्तक विमोचन, गजल तथा कविता वाचन एबम् जनप्रतिनिधिसंग साहित्य संवाद हुने बताइएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode