Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जीत


दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जीत हात पारेको छ । अफगानिस्ताने अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई पहिलो पटक हराएको हो । योसँगै अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा भारतबाहेक सबै पूर्ण सदस्य टोलीलाई पराजित गरेको छ ।

यूएईको शारजाह क्रिकेट स्टेडियममा गएराति भएको खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको लक्ष्य अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाएर भेटायो । अफगानिस्तानका गुलबदिन नइबले नटआउट ३४ र अजमतुल्लाह ओमरजाईले नटआउट २५ रन बनाए । दक्षिण अफ्रिकाका बिजोर्न फर्टुनले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ३३ ओभर ३ बलमा १ सय ६ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका वायन मुल्डेरले सर्वाधिक ५२ रन बनाए । अफगानिस्तानका फजलहक फरूकीले ४ विकेट लिए ।

अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको ३ खेलको एकदिवसीय शृङ्खलाको दोस्रो खेल भोलि र अन्तिम खेल आउँदो आइतवार हुनेछ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode