Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


दाङ– दाङमा मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको ज्यान गएको छ ।

मोटरसाइकल दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–१८ का २७ वर्षीय श्रवण पुन र घोराही–४ का २१ वर्षीय विनोद केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले जानकारी दिनुभयो ।

आज बिहान दाङको घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ को कुसुमगैरा भन्ने ठाउँमा रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका दुवै जनाको उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode