Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा एक पुरुष मृत फेला


बैतडी–बैतडीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका–५ खैरकोटका अन्दाजी ३८ वर्षीय रनी धामी मृत अवस्थामा फेला परेका हुन् ।

शुक्रबार वडा नं ३ को गजीण भिरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक राज ढुगांनाले बताए । स्थानीयहरुले घास काट्ने क्रममा धामीलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

रनी धामीका १२ वर्षीय छोरा यही भाद्र ३० गते घरबाट भागेका थिए । सोहीदिन छोरालाई चिनेका आफन्तहरुले ठाँटा प्रहरी चौकीमा बुझाएको थाहा पाएपछि रनी दम्पती ३१ गते बिहान छोरालाई लिनभनि घरबाट आएको वडा सदस्य मान सिंह धामीले जानकारी दिए ।

रनीकी श्रीमती र छोरा घर पुगेका थिए । तर ५ दिनपछि शुक्रबार स्थानीयहरुले रनीलाई गजीण भिरमा मृत अवस्थमा फेला पारेको वडा सदस्य धामीले जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode