Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बझाङमा चितुवाको छालासहित एक जना पक्राउ


बझाङ– बझाङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको जयपृथ्बी नगरपालिका–१० चैनपुरमा थलारा गाउँपालिका–८ का हरिलाल जोशी पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले ८ फिट २ इन्च लामो र ३ फिट २ इन्च चौडाइ भएको चितुवाको छालासहित पक्राउ गरेको हो ।

साथै उनको साथबाट खैरो रंगको दाँत, र पञ्जा समेत फेला पारेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode