Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

विश्वका नेताहरू संयुक्त राष्ट्रसङ्घको सम्मेलनका लागि भेला हुने क्रम तिब्र


संयुक्त राष्ट्रसङ्घको न्युयोर्क मुख्यालयमा हुने सम्मेलनमा भाग लिन विश्वका नेताहरू भेला हुने क्रम तिब्र भएको छ । यो सम्मेलन गाजामा चलिरहेको युद्ध, मध्यपूर्वमा चर्किएको बढ्दो तनाव, सुडानको भोकमरी, रुस–युक्रेन द्वन्द्वजस्ता समस्या बढिरहेका बेला हुन लागेको छ ।

विगत वर्षहरूमा जस्तै चीन र रुसका नेताहरू अनुपस्थित रहनेछन् । तर बेलायतका केइर स्टार्मर, युक्रेनका भोलोदिमर जेलेन्स्की र ब्राजिलका लुइज इनासियो लुला डा सिल्भा उपस्थित हुनुहुनेछ । इजरायलका नेता बेन्जामिन नेतान्याहू, प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास र इरानका नयाँ राष्ट्रपति मसुद पेजेश्कियानलगायत उपस्थित हुने भएकाले सम्मेलनलाई निक्कै चासोका साथ हेरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका नेताहरू भविष्यमा सबैभन्दा आवश्यक मुद्दाको सामना गर्ने तरिकामा सम्झौता अपनाउन उपस्थित हुनुहुनेछ । यद्यपी राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यो साता विश्व ‘तेस्रो विश्वयुद्धलाई पन्छाउन सक्षम हुने’ विश्वास व्यक्त गर्नुभएको छ ।

शिखर सम्मेलनपछि राष्ट्रसङ्घका एक सय ९३ सदस्यले एक अर्कालाई सम्बोधन गर्ने उच्चस्तरीय हप्ता हुनेछ र यो ब्राजिलबाट शुरु हुनेछ । सम्भवतः गाजामा युद्धविराम वार्तालगायतका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्बोधन गर्नुहुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode