कैलालीमा लागुऔषधसहित ४ जना पक्राउ
कैलाली– कैलालीको गोदावरीबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन्।
गोदावरी नगरपालिका–४ बास्कोटाका योगेश भट्टसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई २ सय १० मिलिग्राम लागुऔषधसहित आज दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया