Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

एन्फा महिला लिग फुटबलमा सङ्कटा क्लब र नेपाल पुलिस क्लब विजयी


काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज सङ्कटा क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

दशरथ रंगशालामा भएको खेलमा सङ्कटा क्लबले सुदूरपश्चिम प्रदेशलाई ६–० गोलले हरायो । उसका लागि विदेशी खेलाडी टेमिलोपे जेनिफरले ४ गोल गरिन । सङ्कटा ८ अङ्कसहित छैठौँ स्थानमा छ भने सुदूपश्चिम अङकविहिन हुँदै पुछारमा छ ।

आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई २–० गोलले हराएको छ । उसका लागि दुवै गोल सम्झाना लावतीले गरिन् । पुलिस १५ अङ्कसहित तेस्रो र वालिङ १२ अङ्कसहित चौथो स्थानमा छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode