Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

पाठ्यघरको क्यान्सर किन हुन्छ ? कसरी बच्न सकिन्छ ? (कुराकानी सहित)


आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यो दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दै छ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

क्यान्सर अर्थात् अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा अर्बुद रोगको उपचार गर्न सिन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ । डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एक तिहाइ सुर्तीजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।

यसै बिच सुदूरपश्चिमका पहाडी जिल्लामा भने पछिल्लो समयमा महिलाहरूमा पाठेघरको क्यान्सरको सङ्क्रमण बढी देखिन थालेको छ ।

रोगको समयमै परीक्षण नहुनु र अन्तिम अवस्थामा मात्रै रोगको पहिचान हुने गरेका कारण अछाम लगायतका पहाडी जिल्लाका महिलाहरूले पाठ्य घरको क्यान्सरका कारण मृत्युबरण गर्ने गरेका छन् ।

महिलाहरूमा पाठ्यघरको क्यान्सर देखा पर्नुको प्रमुख कारण भनेको असुरक्षित यौन सम्पर्क नै रहेको डाक्टर विप्लव श्रेष्ठको भनाई छ ।

यसै बिच आज हामीले विश्व क्यन्सर दिवसको अवसरमा पाठ्यघरको क्यान्सर र यसबाट बच्ने उपायका बिषयमा बयालपाटा अस्पतालमा कार्यरत डाक्टर विप्लव श्रेष्ठसँग कुराकानी गरेका छौ । सुनौँ यो कुराकानी …


क्याटेगोरी : पश्चिम खोज, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode