अनेरास्ववियु अछाममा नयाँ नेतृत्व, देवकोटा बने अध्यक्ष
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियु अछामको नयाँ नेतृत्व चयन गरिएको छ ।
अनेरास्ववियु अछामको १९ औं जिल्ला अधिवेशनबाट प्रेम देवकोटा अध्यक्ष रहनेगरि ४१ सदस्यीय नयाँ नेतृतव चयन गरिएको हो ।
देवकोटा अध्यक्ष रहेको नयाँ नेतृत्वमा भीम बडाहित र राजकुमार सुनार उपाध्यक्ष चयन भएका छन् ।
जगत भण्डारी सचिवमा चयन हुँदा श्यामसुन्दर रावल,मनोज रावल,भुमिका साउद,खेम राज बुढा सचिवमा चयन भएका छन् ।
मिलन साउँद कोषाध्यक्षमा चयन भएका छन् ।
अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले सहमतिमै अनेरास्ववियुको नेतृत्व चयन गरिएको बताए ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया