अछामका २ वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा यस अघि नै जिम्मेवारी सम्हालिसकेका २ जनाले पुनः जिम्मेवारी पाएका छन् ।
रामारोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा राम बहादुर भण्डारी र पञ्चदेवल विनायक नगरपालिकाक निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदम बहादुर माझिले जिम्मेवारी पाएका हुन् ।
भण्डारी र माझीले यस अघि पनि सम्बन्धित पालिकाको हाकिमको जिम्मेवारी सम्हाली सकेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही साउन २ गते माझीलाई पञ्चदेवल विनायक नगरपालिकाको निमित्त र यही साउन ११ गते भण्डारीलाई रामारोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
रामारोशन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा ३ बर्ष बढी सेवा गरेका भण्डारी पचालझरना गाउँपालिकामा कार्यरत थिए ।
तत्कालीन जिल्ला विकास समिति अन्तर्गतका विकासे स्थायी तर्फका माझीले पनि यस अघि करिब २ बर्ष पञ्चदेवल विनायक नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाली सकेका छन् ।
रामारोशनमा रि ईन्ट्रि पाएका भण्डारी साता दिन भित्रै गाउँपालिकामा हाजिर हुने बुझए छ ।
उता पञ्चदेवल विनायक नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी माझीलाई दिएको सवालमा भने नगरको बागडोरमा रहेकाहरू नै सन्तुष्ट छैनन् ।
स्रोतका अनुसार यस अघि निमित्तको रुपमा कार्यरत रहँदा माझी, नगरका जनप्रतिनिधि र कर्मचारीबिच बेमेल थियो । कर्मचारी र जनप्रतिनिधिबिचको विवादसँगै माझीलाई जिम्मेवारीबाट किनारा लगाइएको थियो ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको ुम कार्यरत विष्णु सापकोटाको सरुवा भएसँगै माझीले निमित्तको जिम्मेवारी पाएकोमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले भने उनको ठाउँमा फुल हाकिम (दरबन्दी अनुसार) पठाउन मन्त्रालयमा दौडधुप गरिरहेका बताइन्छ ।
मेयर उपमेयर सहित कार्यपालिकामा बहुमत रहेको नेपाली काँग्रेस पार्टीका नेताहरू समेत निमित्त प्रमुख प्रशासकीय अधिकृत माझीलाई बनाउन हुने नहुनेमा विभाजित देखीएका छन् ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया