Hikmat Acharya
  • ८ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

सुनको भाउमा कीर्तिमान : तोलाको १ लाख ५८ हजार ८ सय रुपैयाँ पुग्यो


उले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको छ ।

आज सुन एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर कीर्तिमान कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ एक लाख ५७ हजार एक सय रुपैयाँ रहेको थियो ।

यसअघि गएको भदौ ३१ गते उच्च भाउ तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय २० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको एक हजार नौ सय १५ रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : व्यापार/प्रर्वद्धन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode